You are viewing the translated version of श्रव्य, दृश्य वा श्रव्यदृश्य विद्युतीय माध्यममा अभिलेख भएको प्रमाण ग्राह्य हुने: .

Section 62B
श्रव्य, दृश्य वा श्रव्यदृश्य विद्युतीय माध्यममा अभिलेख भएको प्रमाण ग्राह्य हुने:
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले-यस ऐन बमोजिमको कसूर गरेको वा त्यस्तो कसूरको उद्योग गरेको कुरा पुष्टि हुने गरी श्रव्य, दृश्य वा श्रव्यदृश्यको विद्युतीय अभिलेखसम्बन्धी प्रमाण अनुसन्धान अधिकारी वा अदालतसमक्ष पेश गरेमा त्यस्तो अभिलेखलाई अदालतले प्रमाणको रूपमा ग्रहण गर्न सक्नेछ।

तर त्यस्तो प्रमाण कसरी अभिलेख गरिएको हो, सोको आधिकारिकता वा प्रामाणिकताका सम्बन्धमा सम्बन्धित व्यक्तिलाई साक्षीसरह परीक्षण गर्न सकिनेछ।